मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्नेलाई सय रुपैयाँ जरिवाना

कैलाली । बैशाख ०९, कोरोना संक्रमण तीव्र गतीमा बढ्न थालेपछि कैलालीमा प्रहरीले मास्क नलगाएका व्यक्तिलाई कारवाही गर्न थालेको छ ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनमा प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडेका व्यक्तिलाई कारवाही गर्न थालेको हो ।
पछिल्लो समय मास्क नलगाई हिँड्ने प्रवृत्ति बढेको र संक्रमणको दर वृद्धि हुँन नदिन उक्त कारवाही गर्नु परेको स्थानीय प्रशासनले बताए ।
बुधबार मात्र ४३ जना त्यस्ता व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।