साताको अन्तिम दिन नेप्से १५ अंकले उकालो लाग्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, साताको अन्तिम दिन आज (बिहिबार) शेयर बजारमा सुधार आएको छ ।

त्यसैगरी, तीब्र उतार चढावबीच नेप्से १५ अंकले उकालो लागेर २६ सय ४८ पुगेर थामियो भने होटल तथा पर्यटन र सामुहिक लगानी कोष बाहेक अरु सबै समूहमा हरियाली छायो ।

जीवन र निर्जीबन बीमा समूह दुबै १ सय १४ अंकले उकालो लागे । लघुवित्त समूह ५३ अंकले बढ्यो । उत्पादनमूलक समूह ४७ अंकले उक्लियो ।

वाणिज्य बैंक समूह ९ अंकले उकालो लाग्यो । होटल तथा पर्यटन समूह भने ५३ अंकले ओरालो लाग्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर ५ अर्ब ९२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले बताएको छ ।

 

 

 

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्