विभिन्न देशका सैनिक अधिकृतको तालिम नेपालमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, नेपाली सैनिक प्रतिष्ठानमा बिभिन्न मुलुकका १ सय ५३ जना क्याडेट दिक्षित भएका छन। सो दिक्षित हुनेहरुमा १ सय २९ जना नेपाली पुरुष अधिकृत क्याडेट , महिला अधिकृत क्याडेट २४ जनाका साथै केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंकाका एक एकजना विदेशी अधिकृत क्याडेट रहेका छन।

त्यसैगरी, नेपाल सैनिक प्रतिष्ठानमा संचालित सिसं ५९ अधिकृत क्याडेट तालिममा तालिमरत शिक्षार्थीहरुको स्नातक दिक्षान्त समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यबहारमा सफलतापूर्वक उतारेर आआफ्नो सेनाको भविश्यको कुशल र प्रेरणादायी नेतृत्व बन्न सफलताको कामना गरेका थिए।

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्