आइसोलेसनमा लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

काठमाडौं । बैशाख १०, धनगढीमा सात जना कोरोना संक्रमितलाई आइसोलेसनमा लग्ने क्रममा एम्बुलेन्सबाटै फरार भएका छन्।
गौरीफन्टा नाका हुँदै बिहीबार नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।
उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेर भारतको बेली जंगलतर्फ गएको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।