बेपत्ता भएको पनडुब्बी जहाजको खोजी कार्य हुदैँ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १०, गत बुधवारदेखि इन्डोनेसियामा हराएर वेपत्ता भएको एउटा पनडुब्बी जहाजको खोजी कार्य ब्यापक रुपमा बनाईएको छ ।
५३ जना जलसैनिक रहेको पनडुब्बी इन्डोनेसियाको पर्यटकीय क्षेत्र बालीको तटीय क्षेत्रबाट झण्डै सय किलोमिटरको दुरीमा हराएको थियो ।
उक्त पनडुब्बीमा करिब ७० घण्टाको लागि मात्र पुग्ने अक्सिजन मात्रै बाँकी रहेको अनुमान सैनिक अधिकारीहरुको रहेको छ भने खोजीमा ६ वटा युद्धपोत, एउटा हेलिकोप्टर र ४ सय उद्धारकर्मीहरु खटिएका छन् ।
जर्मनीमा बनेको यो पनडुब्बी इन्डोनेसियाको जलसेनाले संचालन गरिरहेको ५ वटा पनडुब्बीमध्येको एक हो ।
छिमेकी देशहरु मलेसिया र सिंगापुरसँगै अमेरिका, अष्ट्रेलिया, फ्रान्स, जर्मनी लगायतका मुलुकहरुले खोजी कार्यमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।