नासाको मङ्गल ग्रहमा अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग

काठमाडौं । बैशाख १०, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको छ।
नासाले मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई करीब १० मिनेटसम्म श्वास फेर्न पुग्ने गरी पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल गरेको छ ।
भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा नासाले उक्त प्रयोगको अध्ययन गरिरहेको हो।
स्रोत : बीबीसी