एफ सि चितवनलाई डिशहोमको प्रायोजन

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ सि चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ सि चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्धारा एफ सि चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

भरत खवास मार्कि प्लेयर रहेका एफ सि चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्घय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफ सि चितवनमा विकाश खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडिहरु रहेका छन् ।

त्यसैगरी, खेल वैशाख ११ देखि शुरु भएको छ भने एफ सि चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसी विरुद्ध खेल्नेछ । नेपाल स्पोर्टस इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिकोलागि प्रतिश्पर्धा गर्नेछन । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्