आजको मौसम जानकारी

काठमाडौं । बैशाख १२, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज आईतबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
आज बिहान देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
त्यसैगरी, राती पनि देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।