आज भूकम्प स्मृति दिवस

काठमाडौं । बैशाख १२, वि.स. २०७२ बैशाख १२ गतेको विनाशकारी महाभुकम्पको सम्झनामा आज (आइतबार) भूकम्पको छैठौं वर्षमा भूकम्पको स्मृति दिवस मनाउने गरिन्छ।
नेपालका सयौं सांस्कृतिक सम्पदा एवं ऐतिहासिक धरोहरसँगै करिब ९ हजार जनाको ज्यान लिने भूकम्पको स्मृतिमा यो दिवस मनाउने गरिन्छ । यही भूकम्पका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा ढलेका ऐतिहासिक एवं सांस्कृतिक धरोहरहरुले पुनर्जीवन पाउने क्रम जारी छ । त्यसैगरी, यही क्रममा शनिबार ऐतिहासिक धरहराको नक्कल गरी बनाइएको पुनर्निर्मित २२ तले धरहराको उद्घाटन पनि भएको छ ।