सिमरा गोल्डकप उपाधि संकटाले जित्न सफल

सिमरा । बैशाख १२, संकटा क्लबले हिजो भएको खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा टाईब्रेकरमा पराजित गर्दै ११ औँ जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।
टाईब्रेकरमा दुबै टिमले ४–४ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट निस्किएको हो । दोस्रो पटक उपाधि जितेको संकटाले ट्रफी सहित ७ लाख नगद हात पारेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नव जनजागृति युवा क्लबका मोहित गुरुङ घोषित भए भने उनले मोटरसाईकल हात पारे । त्यसैगरी उत्कृष्ट फरवार्ड एआरएका एन्जिमी घोषित भए । विधा गततर्फ उत्कृष्ट भएका सबैले जनही १५ हजार नगर प्राप्त गरेका छन् ।
यसैगरी उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा, उत्कृष्ट डिफेन्डर संकटाका अभिषेक लिम्बु, उत्कृष्ट मिडफिल्डर संकटाका रोशन पहरी, उत्कृष्ट प्रशिक्षक संकटाका राजकुमार केसी घोषित भए ।