दुई दिनदेखि जुम्लामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, जुम्लामा करीब दुई दिनदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।

वैशाख महिनादेखि क्षमता बिस्तार गरेर नेपाल टेलिकमले सेवा प्रभावकारी बनाउने भनिएपनि अवस्था सुध्रिएको छैन ।

त्यसैगरी, महिनै पिच्छे सञ्चार सेवा अवरुद्ध हुने जुम्लामा नागरिकले नेपाल टेलिकमबाट सेवा भन्दा बढी सास्ती पाएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जनाए ।

जुम्लामा जम्मा ४ सय ८९ एमबीपीएस मात्रै क्षामता भएको र ग्राहक क्षमता भन्दा दोब्बरले बढी भएकाले समस्या हुने गरेको छ । तर पछिल्लो समय हिमपात र वर्षातका कारण टान्समिसनमा आएको खराबीले इन्टरनेट र टेलिफोन सेवामा समस्या आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठको भनाइ रहेको छ ।

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्