यस वर्ष ओस्करमा उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डले जित्न सफल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १३, अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डले ‘नोम्याडल्यान्ड’बाट यो वर्ष ओस्करमा उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड उचालिन् । ओस्करमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको यो तेस्रो पटक हो ।
‘नोम्याडल्यान्ड’मा म्याकडोरमेन्डले अमेरिकाको आर्थिक मन्दीमा सम्पूर्ण कुरा गुमाएकी ६० वर्षीया महिलाको भूमिका निभाएकी छिन् । यो वर्ष बाफ्टा र गोल्डेन ग्लोब (फिल्म ड्रामा)मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी उनले ओस्कारको यो विधामा भायोला डेभिस (मा रेनिज ब्ल्याक बटम), भेनेसा कर्बी (पिसेस अफ अ वुमन) र केरी मलिगन (प्रमिसिङ यङ वुमन) सँग प्रतिस्पर्धा गर्नुपर्यो ।