केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मध्य भोटेकोशीको आईपीओ बिक्री वैशाख २१ देखि खुला हुने

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको बताएको छ ।

त्यसतै आईपीओ जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ ।

जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ ।

यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो ।

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्