परीक्षा पूर्व नै प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा १० जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा सुरु हुनु पूर्व नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका ८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा मादी नगरपालिका ६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका १२ बस्ने ३० वर्षीय विजय पोखरेल, गोरखा भिमसेन थापा गाउँपालिका १ बस्ने ३२ वर्षीय मिन प्रसाद भट्ट, गोरखा गण्डागी गाउँपालिका ३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका ४ बस्ने २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ बस्ने २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका ९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका ७ बस्ने २९ वर्षीय जीवन कुमार यादव र सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।

उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्