कोरोनाबाट गम्भीर प्रभावित भारतलाई विश्वका कैयौँ देशबाट सहयोग

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिका लगायत विश्वका थुपै देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् ।

त्यसैगरी, बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ भने युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ भने भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।

 

 

 

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्