निक र प्रियंकाको साढे दुई अर्बको भव्य घर
सहयात्रा टिभी
काठमाडौं । बैशाख १३, अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडी ग्ल्यामर उद्योगकै लोभलाग्दो जोडीमध्येमा पर्छन् ।
अमेरिकामा केही समयअघि मात्र निक जोनसले एक भव्य बंगला खरिद गरेका रहेछन् । खासमा निकले सो बंगला प्रियंकालाई उपहारमा दिएका हुन् ।
रिपोर्टस् अनुसार प्रियंका र निकको घर २० हजार बर्गफुटमा फैलिएको छ । यसमा ११ बाथरुम र ७ बेडरुम छ । घरको यो डिजाइन एकदमै आकर्षक छ ।
यस घरमा शौख–सुविधाको सम्पूर्ण व्यवस्था छ । जस्तो कि, मुभी थिएटर, बार, इनडोर बास्केटबल कोर्ट, ठूलो स्विमिङ पुल र मिरर वालयुक्त जिम । प्रियंकाको यस घरबाट पहाडको लोभलाग्दो दृश्यहरु पनि देखिन्छ । यो घरको मूल्य भारु एक सय ५१ करोड रुपैयाँ हो । घरको आन्तरिक सज्जाले जो कोहिको ध्यान खिच्छ ।