प्रशान्त तामाङको आमाको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, गायक तथा अभिनेता प्रशान्त तामाङ स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यस्तै आधा दर्जन नेपाली चलचित्रमा समेत उनले काम गरे । नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ ।

 

 

 

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्