चन्द्रमामा मून स्टेशनको निर्माण तीव्र गतिमा अघि बढ्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १५, चीन तथा रुस दुबै देशको चन्द्रमामा इन्टरनेशनल साइन्टिफिक रिसर्च सेन्टर बनाउने योजना तीव्र गतिमा अघि बढिरहेको छ ।
उक्त योजना अन्र्तगत जुन देश अथवा अन्तर्राष्ट्रिय एजेन्सी पार्टनरको रुपमा समावेश हुन चाहन्छन् तिनको स्वागत गरिनेछ । दुवै देशबीच भएको संयुक्त वार्तामा चाइना नेशनल स्पेश एडमिनिस्ट्रेशन (सीएनसीए) का उप निर्देशक वू यान्हुवाका अनुसार रुसको अन्तरिक्ष एजेन्सी रासकासमास (Roscosmos) सँग मिलेर चन्द्रमामा स्टेशन बनाउने कार्य अघि बढिरहेको छ । सो योजना दुवै देशको संयुक्त साझेदारीको महत्वाकांक्षी योजना हो ।
यस उपलक्ष्यमा भएको कार्यक्रममा तीस देशका सयभन्दा धेरै प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रुस तथा चीनले पहिला नै यस विषयक एउटा सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जारी गरेको बयानमा यो चन्द्र स्टेशन चन्द्रमाको सतह अथवा कक्ष (आर्बिट) मा निर्माण गरिनेछ । एजेन्सीहरुको सहयोगमा