केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मुल्य ७०० रुपैयाँले गिरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, आज (बुधबार) सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिरावट आएको छ ।

मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैया कायम भएको छ ।

 

प्रकाशित : 28 April, 2021

प्रतिक्रिया दिनुहोस्