आज रातो मच्छिन्द्रनाथको महास्नान (फोटो फिचर)
सहयात्रा टिभी
ललितपुर । बैशाख १५, ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको महास्नान आज दिउँसो गरिने छ।

मच्छिन्द्रनाथलाई आज दिउँसो ३ बजेर १० मिनेटमा तःबहालको मन्दिरबाट बाहिर झिक्ने साइतअनुसार महास्नान गर्न लगिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताइन् ।
हरेक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ।
देशमा दिनानुदिन बढ्दै गएको दोस्रो लहरको कोरोना कहरलाई ध्यानमा राखी आफूहरूले महास्नानमा सहभागी मानिसलाई विशेष रूपमा स्वास्थ्य सावधानी अपनाउन सुझाव गरिरहेको वलीको भनाइ रहेको छ।

रातो मच्छिन्द्रनाथको रथजात्रा हेर्न दुई वर्ष अघिसम्म काठमाडौँ उपत्यकाका तीनै शहरका मानिसका साथै विदेशी पर्यटकसमेत नेपाल आउने गर्थे तर गत वर्षबाट मुलुकमा देखिएको कोभिड त्रासका कारण रथजात्रामा सहभागी हुन असहज भयो ।
गत वर्ष कोरोनाका कारण गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याएर मच्छिन्द्रनाथको रथयात्रा गरी भोटो देखाउने काम भने हुन पाएन।


