जुम्लामा गरीएको ४२ दिनको छायांकनमा बल्ल सकियो प्रदिपको चलचित्र ‘प्रकाश’
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौंं । बैशाख १५, ४२ दिनसम्म जुम्लामा छायांकन गरीएको चलचित्र ‘प्रकाश’को छायांकन कार्य सकिएको निर्माण पक्षले बताको छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक प्रदिप खड्का र कलाकार रेनु योगीको मुख्य भूमिका देखिएको छ ।
चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका कलाकारको पनि अभिनय छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा विकास सुवेदीको कथा, अनुप बरालको कास्टिङ डिरेक्शन छ ।
सरकारी स्कुलको शिक्षक बन्नका लागि एक यूवाले गरेको संघर्षको आधारीत कथा यस चलचित्र बनेको निर्माणपक्षले बताएको छ । लभरब्वाइको भूमिकामा देखिदै आएका नायक प्रदिप खड्कालाई दर्शकले यो चलचित्रमा फरक भूमिकामा देख्नेछन् ।