देशभरीका प्रत्येक विद्यालयमा इन्टरनेटको व्यवस्था हुने

काठमाडौंं । बैशाख १५, विद्यालयहरुमा भौतिक रुपमा पठनपाठन सुचारु गर्न समस्या हुने भएपछि सरकारले प्रत्येक विद्यालयमा इन्टरनेटको व्यवस्था गर्ने भएको छ ।
हाल सहरी क्षेत्रमा मात्रै केन्द्रित रहेको भर्चुअल कक्षालाई गाउँगाउँसम्म पुर्याउन सरकारले विद्यालयमा इन्टरनेटको व्यवस्था गर्ने भएको हो ।
त्यसैगरी, सरकारका प्रवक्ता पार्वत गुरुङले देशका हरेक विद्यालयमा इन्टरनेटको उचित व्यवस्थापनका लागि सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले काम गरिरहेको जनाएका छन्।