स्पेनमा कोरोना संक्रमण परीक्षण कन्सर्ट आयोजना, नतिजा आश्चर्यजनक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौंं । बैशाख १५, स्पेनमा गत महिना आयोजित ठूलो कोरोना संक्रमण परीक्षण कन्सर्टमा भाग लिएका व्यक्तिहरूमा उच्च स्तरको कोरोना संक्रमण भएको कुनै संकेत फेला नपरेको अनुसन्धान कर्ताहरूले जनाएका छन्।
कन्सर्टमा सहभागीहरूले मास्क लगाए तापनि सामाजिक दूरी भने कायम नगरेको पाईएको छ । संक्रमित ६ जनामध्ये ४ जनालाई पनि कन्सर्टमा नभइ अन्यत्र जाँदा संक्रमण भएको अनुसन्धानकर्ताहरूले दाबी रहेको छ।
कोरोना संक्रमण अनुसन्धान प्रयोजनका लागि लभ अफ लेस्बियन नामक ब्याण्डले सो कन्सर्ट आयोजना गरेको थियो।
कोरोना महामारीपछि यूरोपमा भएको यो सबैभन्दा ठूलो कन्सर्ट थियो। परीक्षण नतिजा आएसँगै अब सांस्कृतिक कार्यक्रमहरू अघि बढाउन त्यति जोखिम नभएको त्यहाँका अधिकारीहरूको दाबी रहेको छ ।