आजको मौसम जानकारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको देशभरका मौसम प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

आज (बिहीबार) दिउसो देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राती पनि देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल बताएको छ ।

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्