वसुन्धरा भुसालद्धारा कलाकार कल्याणकारी कोषलाई सहयोग

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, अभिनेत्री वसुन्धरा भुसालले केही समय पहिले अमेरिका भ्रमणको बेला संकलित ४ लाख बढि रकम चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि सहयोग गरेकी छन् ।

सो रकम बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई कोषका लागि प्रदान गरेकी हुन् । कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजकिरिया सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ । कोषमा अहिले ४ करोड बढि रकम जम्मा भएको छ ।

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्