अभिनेत्री सुपुष्पाले गरिन् चलचित्र निर्मातासँग इन्गेजमेन्ट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, नेपाली अभिनेत्री सुपुष्पा भट्टले चलचित्र निर्माता रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा इन्गेजमेन्टको तस्बिर पोस्ट गर्दै सो समाचार सार्वजनिक गरेकी हुन् ।

सुपुष्पा र रौनकले पछिल्लो केही महिनादेखिको प्रेमसम्बन्धलाई इन्गेजमेन्टमा परिणत गरेका हुन् ।

रौनकले कबड्डी कबड्डी, पुरानो डुंगा, झोले लगायत चलचित्र निर्माण गरिसकेका छन् भने अभिनेत्री सुपुष्पा ‘रणवीर’बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले चलचित्र ‘छ माया छपक्कै’ र ‘चप्पली हाईट ३’ मा अभिनय गरिसकेकी छिन् । ‘चप्पली हाईट ३’ भने रिलिज हुन बाँकी छ ।

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्