चन्द्रमासम्म यान उडाएर पुर्‍याउने पहिलो व्यक्ति माइकलको निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, अपोलो ११ मिशनका पाइलट तथा अन्तरिक्षयात्री माइकल कोलिन्सको २८ अप्रिल बुधवारका दिन ९० वर्षको उमेरमा निधन भएको छ ।

अपोलो ११ मिशनलाई सफलतापूर्वक चन्द्रमामा पुर्‍याउने प्रमुखयान ‘कमान्ड मोड्यूल कोलम्बिया’ (Command Module Columbia) का पाइलटका रुपमा चिनिने कोलिन्सको जन्म ३२ अक्टोबर १९३० मा भएको थियो ।

सन् १९६९ को २१ जुलाईका दिन अपोलो ११ अभियानका कमान्डर निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेक्ने विश्वको पहिलो नागरिक हुने सौभाग्य पाएका थिए ।कोलिन्सको उत्तरदायित्व भने अपोलो ११ मिसनको प्रमुखयान कोलम्बियालाई सही तथा सुरक्षित तवरले चन्द्रमाको अर्बिटसम्म पुर्‍याउने मात्रै रहेको थियो । अर्थात् कोलिन्सले चन्द्र अर्बिटसम्मको यात्रा मात्रै गरे ।

प्रमुखयान चन्द्र अर्बिटमा स्थापित भएपछि चन्द्रमामा अवतरण गर्ने विशेष यान ईगल यसबाट पृथक भएर चन्द्र अवतरण हेतु अघि बढेको थियो । कोलिन्स भने ईगल यानमा नगई प्रमुखयान कोलम्बियालाई चन्द्र अर्बिटमा ‘ड्राइभ’ गरिरहे ।

ईगललाई ‘ड्राइभ’ गर्दै एल्ड्रिन बजले चन्द्र सतहमा अवतरण गराएका थिए । हुन त ईगल यानले २० जुलाई १९६९ को राति २० बजेर १७ मिनेट मा नै चन्द्र सतहमा अवतरण गरेको थियो । ईगलले चन्द्र सतहमा अवतरण गरेको झण्डै ६ घण्टा ३९ मिनेट पछि २ बजेर ५६ मिनेट जाँदा निल ईगलबाट ओर्लिएर चन्द्र धरातलमा पाइला राखेका थिए । एजेन्सीहरुको सहयोगमा ।

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्