कोरोना बढेपछि भारतमा चार धाम यात्रा स्थगीत

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ ।

आगामी मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो तर उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

उत्तराखण्डमा रहेको चार धाममा बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र यमुनोत्रीको दर्शनका लागि भातबाहिरबाट पनि हजारौँ यात्री पुग्ने गरेका छन् । भारतमा गएको २४ घण्टामा मात्रै तीन लाख ७९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै, भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८३ लाख ६८ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण दुई लाखभन्दा धेरैको ज्यान गएको छ ।

 

 

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्