प्लान्ट बन्द गर्नु पर्दा सामसङलाई २ करोड ७० लाख डलर घाटा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बशाख १७, टेक्ससको अस्टिमा रहेको आफ्नो प्लान्ट बन्द गर्नु पर्दा सामसङलाई २ करोड ७० लाख डलर घाटा भएको योन्हाप न्यूजमा आएको रिपोर्टमा उल्लेख गरीएको छ।
सामसङको फाउन्ड्री बिजनेसका उपाध्यक्ष हान स्युङ हूनले एउटा कन्फ्रेन्स कलमा बोल्दै उक्त प्लान्ट बन्द हुनुले चिप बनाउने ७१ हजार वेफरलाई प्रभाव परेको र यसबाट २ करोड ७० हजारदेखि ३ करोड ६१ लाख डलर घाटा लागेको बताए।
त्यसैगरी, कम्पनीले अस्टिनमा रहेको रेडियो फ्रिक्वेन्सी आईसी तथा सोलिड स्टेट ड्राइभ कन्ट्रोलरजस्ता माइक्रो प्रोसेसर बनाउने प्लान्ट गएको फेब्रुअरीमा आँधीले यस क्षेत्रका २ लाख घरहरु बिजुलीरहित बनाएपछि बन्द गर्नुपरेको थियो।