चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १७, चर्चित एवं लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । सपुतले शुक्रबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक गरेका हुन् ।
‘धेरै शरिर दुख्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य नठानौं । किनकी लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाऊँ, सुरक्षित बसौँ ।’ उहाँले भन्नुभयो ।