कोरोनालाई जितेपछि मदनकृष्णले भने : हावा रहेछ जिन्दगी
सहयात्रा टिभी
काठमाडौं । वैशाख १८, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणपछि ९ दिनअघि उहाँ मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालबाट डिस्चार्ज हुनु भएका मदनकृष्णले जीन्दगी हावा रहेको बताएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै भन्नुभयो, ‘महासंकटको समय सबैले सबैको हित सोचौं । केही रहेनछ जीन्दगी, शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोरी दिउँ जस्तो हुन्थ्यो, तर हावा रहेछ जिन्दगी ।’