केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोषिलो तथा स्वादिलो : निगुरो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १८, वनजंगलमा सजिलै पाइने, बनाउन पनि सजिलो , स्वादिलो निगुरो स्वास्थ्यका लागि निकै पोषिलो हुन्छ ।

के हो निगुरो ?

यो उन्यू प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

पौष्टिकताले भरिपूर्णः

निगुरो खानुको एकदमै फाइदा छन् । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।

करेसाबारीमा रोप्न सकिन्छः

त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ । जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन् । जरालाई करेसाबारीमा रोप्न सकिन्छ । तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ ।

सर्तक हुनुपर्छः

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्छ । त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

प्रकाशित : 1 May, 2021

प्रतिक्रिया दिनुहोस्