पूर्वमन्त्री भण्डारीलाई कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । बैशाख १९, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
करीब तीन दिनदेखि उहाँको स्वास्थ्य अबस्था बिग्रीएपछि नेता भण्डारीले शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो। उनी अहिले होम आइसोलेसनमा रहेका छन् । नेता भण्डारीसहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ।