होन्डाले एड्भेन्चर बाइक एनएक्स २०० ल्याउने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १९, होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा धेरैले हिरो एक्सपल्सको प्रतिस्पर्धामा होन्डाले नयाँ बाइक बजारमा उतार्ने तयारी गरेको बताएका छन् ।
यो वर्ष अन्य बाइकका अतिरिक्त एनएक्स २०० बजारमा उपलब्ध हुने र यसले हाल बजारमा राम्रो बिक्री भइरहेको हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ने बताइएको छ । बजाज र टीभीएस समेत यो सेगमेन्टमा प्रवेश गर्ने तयारी गरिरहेको समयमा होन्डाले पनि यतातिर आँखा लगाएको मान्न सकिन्छ ।
यसको वारेमा विस्तृत विवरण सार्वजनिक नभएतापनि होन्डाले सो बाइकमा हाल प्रचलित हर्नेट २.० को इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ भने बाइकमा १८४ सीसीको इन्जिन छ, जसले १७.२ एचपी पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा टु भल्व, फ्युल इन्जेक्सन सहितको एयरकुल्ड इन्जिन हुनेछ । यसमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुनेछ । यसको फ्रेम हर्नेटकै जस्तो हुनेछ भने अफरोडका लागि यसको ह्यान्डल अफरोडका लागि उपयुक्त हुने गरी अलिकति फरक बनाइने छ भने यसमा स्पोक ह्विल प्रयोग गरिने छ । नेपाल अट्टो