मिर्गौला सुन्निने समस्या
काठमाडौंं । बैशाख १९, आजकाल धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेको पाईन्छ । मिर्गौलाको मुख्य कार्य रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो ।
त्यसैगरी, मुख्य त खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गौलाको समस्या उत्पादन हुन्छ । मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ ।
मिर्गौलाको फिल्टर धेरै साना रक्तनलीहरुबाट बनेको हुन्छ जसलाई ग्लोमेरुली भनिन्छ । जब यो समस्या अचानक सुरु हुन्छ, त्यतिखेर यो समस्या गम्भिर हुन सक्छ । तपाईंले मिर्गौला सुन्निने समस्यालाई समयमै पहिचान गरि नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ ।
तलका निम्न लक्षण देखिएको खण्डमा तपाईंको मिर्गौला सुन्निएको हुन सक्छः
- पिसाब धेरै कम आउनु
- फोक्सोमा तरलपदार्थ जम्मा हुनु
- खोक्न र श्वासप्रश्वासमा समस्या
- धेरै थकान लाग्नु
- सासमा दुर्गन्ध आउनु
- शरीर सुन्निने र सासफेर्न समस्या हुनु
- ज्वरो आउने
- पिसाब गर्नमा दुखाई
- पहेँलो वा रातो रंगको पिसाब
- सहनै नसकिने तिव्र दुखाई
- पिसाबमा धेरै प्रोटिन हुने
मिर्गौला सुन्निने कारणले घाँटी खसखसाउने, छालामा संक्रमण जस्तो संक्रमणहरु प्रति प्रतिरक्षा प्रतिक्रियामा कमीको कारण घातक हुन्छ । केही अवस्थामा भने यस्तो संक्रमण ठिक हुन्छ र मिर्गौलाको कार्यमा सुधार हुन्छ ।
त्यस्तै, कहिलेकाहि दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ग्लोमेरुलोनेफ्राइटिस हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनभन्दा पहिले डाक्टरसँग परामर्स लिनुहोला ।