केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिर्गौला सुन्निने समस्या 

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १९, आजकाल धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेको पाईन्छ । मिर्गौलाको मुख्य कार्य रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो ।

त्यसैगरी, मुख्य त खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गौलाको समस्या उत्पादन हुन्छ । मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ ।

मिर्गौलाको फिल्टर धेरै साना रक्तनलीहरुबाट बनेको हुन्छ जसलाई ग्लोमेरुली भनिन्छ । जब यो समस्या अचानक सुरु हुन्छ, त्यतिखेर यो समस्या गम्भिर हुन सक्छ । तपाईंले मिर्गौला सुन्निने समस्यालाई समयमै पहिचान गरि नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ ।

तलका निम्न लक्षण देखिएको खण्डमा तपाईंको मिर्गौला सुन्निएको हुन सक्छः

  1. पिसाब धेरै कम आउनु
  2. फोक्सोमा तरलपदार्थ जम्मा हुनु
  3. खोक्न र श्वासप्रश्वासमा समस्या
  4. धेरै थकान लाग्नु
  5. सासमा दुर्गन्ध आउनु
  6. शरीर सुन्निने र सासफेर्न समस्या हुनु
  7. ज्वरो आउने
  8. पिसाब गर्नमा दुखाई
  9. पहेँलो वा रातो रंगको पिसाब
  10. सहनै नसकिने तिव्र दुखाई
  11. पिसाबमा धेरै प्रोटिन हुने

मिर्गौला सुन्निने कारणले घाँटी खसखसाउने, छालामा संक्रमण जस्तो संक्रमणहरु प्रति प्रतिरक्षा प्रतिक्रियामा कमीको कारण घातक हुन्छ । केही अवस्थामा भने यस्तो संक्रमण ठिक हुन्छ र मिर्गौलाको कार्यमा सुधार हुन्छ ।

त्यस्तै, कहिलेकाहि दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ग्लोमेरुलोनेफ्राइटिस हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनभन्दा पहिले डाक्टरसँग परामर्स लिनुहोला ।

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्