कोरोनाबाट एउटै गाँउको ३० जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । बैशाख २०, भारतको उत्तर प्रदेशको कानपुरमा एकै गाउँका ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, कानपुरभन्दा ५० किलोमिटर टाढा पारस गाउँमा १५ दिनमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतमा कोरोना संक्रमण लहरले देश अक्रान्त बनाएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ४ सय बढीको मृत्यु भएको छ भने ३ लाख ७० हजार बढी संक्रमित थपिएका छन्।


