‘द भ्वाइस अफ नेपाल सिजन १’ को फाइनलसम्म पुगेका गायक कुशल आचार्यको ‘हावा सरर’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, ‘द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो अफिसियल गीत ‘हावा सरर’ सार्वजनिक भएको छ।

सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुँयालको अभिनय रहेको छ। भिडियोको कथा निर्देशक सुनोदले तयार गरेका हुन् भने स्कृनप्ले सुनेश श्रेष्ठले लेखेका हुन्। सुनेशले खिचेको भिडियोलाई निर्देशक सुनोदले नै सम्पादन गरेका छन्। भिडियोमा भिएफएक्स तथा कलरको काम भने प्रविण श्रेष्ठले गरेका छन्।

हेर्नुहोस् भिडियो:

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्