झापाको ब्रिकेट फ्याक्ट्रीमा भिषण आगलागी

झापा । बैशाख २०, मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा नआएको प्रहरीले बताएको छ ।
विद्युत सर्ट भएर लागेको आगलागीबाट मानवीय क्षति नभए पनि फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले ती कति नष्ट भएको छ ।