पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउँदै

काठमाडौं । बैशाख २०, पूर्वरानी कोमल शाह कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी थिईन् । निकै लामो समय पछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ ।
बिहीबारदेखि आईसीयूमा उपचाररत शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो भने उनलाई अक्सिजनको हाईफ्लो सपोर्टमा राखेर उपचार गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । पूर्वराजा शाह र पूर्वराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको अस्पतालले बताएको छ ।