बलिउड नायिका रिया चक्रवर्ती साउथ फिल्ममा काम खोज्दै

काठमाडौं । बैशाख २०, बलिउड नायिका रिया चक्रवर्ती साउथ चलचित्रमा काम खोज्ने सिलसिलामा हैदराबादमा छिन् । बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि उनी विवादको घेरामा रहिन् ।
उनलाई लिएर बलिउड चलचित्र बनाउन निर्माताले चाहेका छैनन् । रियाले अभिनय गरेको चलचित्र ‘चेहरे’को पोष्टरमा समेत उनको तस्वीर अटेन । जसबाट निराश भएकी रिया साउथ चलचित्रमा काम खोजिरहेकी छिन् ।