नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा

काठमाडौं । बैशाख २०, नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् ।
निर्णायक केटी पेरीले उनले दिएको प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् । ‘गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं,’उनले भनिन् । निर्णायक लायोनल रिचीले पनि पोखरेलको गायनशैलीको तारिफ गरे । ‘स्टाइलिस हुनु ठूलो कुरा हो । तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ । तिमीलाई आइडलमा पुनस् स्वागत छ,’ लायोनलले भने।
स्टेज नाम ‘अर्थर गन’ले चिनिने पोखरेलले यसपालि आइडलमा ‘कमब्याक प्रस्तुति’मार्फत शीर्ष १० मा आफ्नो ठाउँ पक्का गरेका हुन् । गत वर्ष जस्ट स्याम आइडलको विजेता बन्दा उनी उपविजेता थिए ।
फेरि यो स्टेजमा फर्कँदै गर्दाको अनुभव कस्तो थियो ? भन्ने प्रश्नको जवाफमा पोखरेलले भनेका थिए, ‘सुरुमा त मलाई अचम्म लाग्यो । फेरि यही स्टेजमा गाउन पाउँछु भन्ने खुसी पनि लाग्यो ।’