बागलुङमा कोरोनाबाट जनप्रतिनिधिको मृत्यु

सहयात्रा टिभी

बागलुङ । बैशाख २१, बागलुङमा कोरोना संक्रमित जिल्लाको ताराखोला गाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति धवलागिरी अस्पतालमा मृत्यु भएको छ।

उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी वैशाख १९ गते गरिएको जाँचमा संक्रमण पुष्टि भएको थियो भने अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो। उनी गाउँकार्यपालिकाकी सदस्य रहेकी थिइन्।

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्