धापासीस्थित ग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होम आइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर ‘टेलिपरामर्श सेवा’ सुरु गरेको छ ।

सो अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड संक्रमण भएर होम आइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा शुरु गरिएको बताए ।

टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने बताईएको छ भने ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन् ।

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्