नायिका प्रियंका कार्कीको बेबी बम्प निकै चर्चामा

काठमाडौं । बैशाख २१, प्रियंका कार्की यतिबेला गर्भवती छिन् । उनले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले सामाजिक सञ्जालमा बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् ।
नायिकाका कार्कीको फिल्ममा चल्न छाडेपनि इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । आइतबार साँझ उनले एउटा फोटो पोष्ट गरेको छिन् । जस्मा उनले जुस खाइरहेको छिन भने नाभीमा पनि स्ट्र राखेर जुस राखेकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ ।