आजको मौसम जानकारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, आज राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले विभागले देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

त्यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ भने देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्