वीरगञ्जमा पछिल्लो २४ घण्टामा थप १९० जना कोरोना संक्रमित

वीरगञ्ज । बैशाख २२, वीरगञ्जमा पछिल्लो २४ घण्टामा थप १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ५७ जना महिला र १३३ जना पुरुष रहेका छन् ।
त्यसैगरी, प्रयोगशालामा मंगलबार २८८ जनाको पीसीआर र एन्टिजिन विधिबाट परीक्षण गरिएको थियो । संक्रमितमध्ये पर्साका १३३ जना, बाराका ४१ जना, ७ जना सर्लाही, ५ जना रौतहट, नेपालगञ्ज, सप्तरी, महोत्तरी र धनुषाका १र१ जना रहेको प्रयोगशालाले बताएको छ ।