नफिसा अलीले बताइन् गायक लकी अलीको निधनको वास्तविकता

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, गायक लकी अलीको निधन सामाजिक संजालमा मंगलबार बेलुकी अचानक आउन थाल्यो । प्रशंसकले लगातार लकी अलीका लागि ट्वीट गरिरहका थिए । सबैले गायकको कोरोनाका कारण निधन भएको बताइरहेका छन् तर यसमा अलिकति पनि वास्तविकता नभएको बताईएको छ।

त्यस्तै, लकी अलीको निधनको अफवाह उड्ने बित्तिकै गायककी साथी नफिसा अलीले ट्वीटरमा यसबारे वास्तविकता बताउँदै ट्वीट गरिन् ।

लकी अलीको निधनको खबर जब सोसल मिडियामा तीब्र हुन थाल्यो तब नफिसा अलीले ट्वीट गर्दै लेखिन्, ‘लकी पूर्ण रुपमा ठिक छन् र हामीले आजै अपरान्ह कुरा गरेका छौं । उनी आफ्नो फार्ममा छन्, परिवारसँग । कोभिड पनि लागेको छैन, पूर्ण रुपमा स्वस्थ छन् ।’ नफिसा अलीले टाइम्स अफ इन्डियासँगको कुराकानीमा आफूले लकीसँग दिनमा कम्तीमा २–३ पटक कुरा गरेको र उनी पूर्ण रुपमा स्वस्थ भएको बताएकी छिन् ।

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्