दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको पुष्टी

काठमाडौं । बैशाख २२, भारतीय अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ।
हाल दिपीका आफ्नो माइती बेंगलुरुमा बस्दै आइकी थिईन । उनको पिता प्रकाश पादुकोणसहित आमा र बहिनिलाई पनि कोरोना संक्रमण भएको थियो। तर, दीपिकाका पितालाई भने श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ।
त्यस्तै, बलिवुडका कैयौं सेलिब्रेटी कोरोनाको चपेटामा परेका थिए। जसमा आलिया भट्ट, रणवीर कपूर, कट्रिना कैफ, विक्की कौशल लगायत छन्।