इन्टाग्राममा सबैभन्दा धेरै मनपराईएको पंक्षी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, एउटा चराको उत्कृष्ट फोटो केले बनाउँछ ? भन्ने प्रश्नको उत्तर इन्स्टाग्राम मार्फत दुई जर्मन अनुसन्धान कर्ताहरूले भेटेका छन् ।

उनीहरूले इन्स्टाग्राममा नौवटा ठूला पंक्षीसम्बन्धित एकाउन्टहरुबाट चराको २०,००० भन्दा बढी फोटोहरू संकलन गरेका थिए ।

त्यस्तै, उनीहरूले फेला पारेअनुसार फोटो सेयरिंग प्लेटफर्ममा पंक्षीको तस्वीर सबैभन्दा मन पराइएको मध्ये रातमा उड्ने ‘नकटर्नल फ्रगमाउथ’ अर्थात ‘रातिको भ्यागुता’ नामक पंक्षीको थियो, जसलाई कुनै बेला ‘संसारकै सबैभन्दा दुर्भाग्यपूर्ण देखिने चरा’ भनिएको थियो । उक्त चरा हेर्दा ठ्याक्कै राती उड्ने लाटोकोशेरो जस्तै देखिन्छ ।

त्यसैगरी, अन्वेषकहरूले २७ हजार ६२१ तस्वीरहरू सबैभन्दा ठूला पंक्षीहरूको एकाउन्टहरूबाट जाँच गरेका थिए। तिनीहरूले फेला पारे कि तस्वीरमा चराको रंगले दर्शकहरूको मनपर्ने ब्यवहारलाई अत्यन्तै असर पुर्‍यायो र जसले गर्दा अरू भन्दा यो आकर्षक देखिन्छ । उनीहरूले यसको लागि जुन ‘लाइकहरू’ मा आधारित फोटोग्राफहरूको सौन्दर्य अपील स्कोर गर्न इमेज एस्थेटिक अपील “Image Aesthetic Appeal” (IAA) नामक एल्गोरिदम प्रयोग गरेका थिए । एजेन्सीहरुको सहयोगमा ।

 

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्